नेपालमा थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना कोरोनामुक्त

   १० मंसिर २०७७, बुधबार १६:४५  

१० मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये हाल नेपाल १६ हजार ६ सय ३९ संक्रिय कोरोना संक्रमितको संख्या रहेको छ ।

यस्तै, विगत २४ घण्टामा थप ३ हजार १ सय ४० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २८ जना मृत्यु भएको छ, भने योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

त्यसैगरी, काठमाडौँ उपत्याकामा थप ८ सय ३५ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा ६ सुय २५ जना, भक्तपुरमा ७८ जना र ललितपुरमा १ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।