जग्गा विवादमा ठाकुरको हत्या

   १० मंसिर २०७७, बुधबार १६:०८  

१० मंसिर , रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ७ मा जग्गा विवादका कारण एक व्यक्तिको हत्या भएको छ ।

गरुडा नगरपालिका वडा नम्वर ७ भिमडावरका ५० बर्षिय फतिंगा ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छिमेकी ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरले चिरान काठले टाउकोमा प्रहार गरे पछि उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

फतिंगा ठाकुरको जग्गालाई छिमेकी तिनै दाजुभाईले आफनो जग्गा दाबी गर्दै लामो समय देखि विवाद गर्दै आएका थिए । जग्गा विवादले आज उग्र रुप लिदा दुवै पक्ष विच कुटाकुट हुदा फतिंगा गम्भीर घाईते भएको र उनलाई उपचारका लागी गरुडाकै एक अस्पतालमा पु¥याइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवी रावलले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको र घटनामा संलग्न रहेका मध्ये ध्यानी ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको डिएसपी रावलले बताए ।

मंगलवार पनि कुटपिटकै कारण रौतहटमा एक व्यक्तीको ज्यान गएको थियो । हिजो वृन्दावन नगरपालिका ७ सखुवा धमौरामा दुई छिमेकी बिच भएको विवादमा अमिरि पासवानको ज्यान गएको थियो । घटनामा सँलग्न रहेको आरोपमा प्रहरीले स्थानिय विकास पासवान र बिन्दा पासवानलाई पक्राउ गरेको छ ।