ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने आरोपी पक्राउ

   १० मंसिर २०७७, बुधबार १५:०८  

१० मंसिर, रौतहट । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड रुद्रबहादु मगरमाथि खुकुरी प्रहार गरेको आरोपमा काठमाडौंको थापागाउँ का ३१ वर्षीय शशी थापालाई नियन्त्रणमा लिएको हो ।
गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको थियो । थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।