पोखरामा उपचाररत एक संक्रमितको मृत्यु

   १० मंसिर २०७७, बुधबार १४:२३  

१० मंसिर, रौतहट । पोखरामा थप एक जनाको कोरोना संक्रमण (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा पोखरा महानगरपालिका १० बस्ने ७६ वर्षीय पुरुष रहेका हुन् ।

स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि अस्पतालमा भर्ना भएका उनका पीसीआर परीक्षण गर्दा यही मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उपचारका क्रममा बुधबार बिहान ४ः४० बजे ती संक्रमितको मृत्यु भएको शर्माले बताए ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।