महोत्तरीमा मंगलबार करेन्ट लागेर घाइते भएका पुरुषको मृत्यु

   १० मंसिर २०७७, बुधबार १३:२७  

१० मंसिर, रौतहट । करेन्ट लागेर महोत्तरी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भंगाहा नगरपालिका ९ पथलैया निवासी ४१ वर्षीय रामनारायण साह रहेका हुन् ।

मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको थियो ।

सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।