चितवन थप एक संक्रमितको मृत्यु

   १० मंसिर २०७७, बुधबार १२:१९  

१० मंसिर, रौतहट । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर जिल्ला गैँडाकोट नगरपालिका ८ बस्ने ६० वर्षीय पुरुष रहेका हुन् ।

सवारी दुर्घटनामा परेर घाइते भएका उनलाई यही कार्तिक २९ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा मंसिर १ गते उनका स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंसिर २ गते कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

उनको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अधिकारीले बताएका हुन् ।