बाँकेमा उपचाररत दाङकी संक्रमित महिलाको मृत्यु
१० मंसिर, रौतहट । बाँकेमा थप एक कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु भएको छ ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ६ दाङ घर भएकी ७७ वर्षीया वद्धको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि, यही मंसिर ५ उपचारका लागि अस्पतालमा भर्ना भएको भोपलपल्ट पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि, उपचारका क्रममा मंगलबार गएराति १२ः१५ बजेको समयमा ती संक्रमित वृद्धको मृत्यु भएको छ ।
रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, एन्टिबायोटिक, रेम्डिसिभिरलगायतका औषधि प्रयोग गरी उपचार गराउँदा पनि उनलाई बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।