प्रतिष्ठानमा कोरोनाका कारण ५० वर्षीय पुरुषको मृत्यु

   १० मंसिर २०७७, बुधबार १०:३६  

१० मंसिर, रौतहट । कोरोना संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषको गएराति मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा सप्तरीको राजविराज–४ बस्ने ५० वर्षीय पुरुषको रहेका अस्पतालले जनाएको हो ।

यही मंसिर १ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनलाई बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उपचारका क्रममा नै गएराति सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

ती पुरुषमा पहिलेदेखि नै कलेजो सम्बन्धी समस्या पनि रहेको अस्पतालको बताए ।