महोत्तरीमा हराएकी ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या भएको अनुमान आरोपी पक्राउ
९ मंसिर, रौतहट । महोत्तरीमा मंसिर ७ गतेदेखि नै हराएकी ६ वर्षीया बालिकाका शव फेला परेको छ ।
बर्दिवास नगरपालिका १४ बस्ने बालिकाले आइतबार चक्लेट किन्न निस्कएकी गुलाब साह खातुन मृत भेटिएको प्रहरीले जनाएको हो ।
बालिकाको हत्या गरेर फलेको अवस्थामा शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । हत्या गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ ।
हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घर नजिकै आक्रोशित स्थानीय बासिन्दाले आगजनी गरेका छन । त्यहाँको अवस्था अहिले तनावग्रस्त रहेको उज्यालो सहकर्मी धनवीर महतोले बताउनुभयो ।
बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।