विराटनगरमा उपचाररत एक संक्रमित सशस्त्रका इन्सपेक्टरको निधन
द नेपाल मिडिया
९ मंसिर २०७७, मंगलवार १२:०२
९ मंसिर, रौतहट । विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत एक शस्त्र प्रहरी जवानका कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि, इन्सपेक्टर नवीन बुढाथोपीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो ।
सोमबार गएराति करिब ११ बजेको समयमा उपचारका क्रममा नै बुढाथोपीको निधन भएको सशस्त्रका प्रवक्ता डिआइजी राजु अर्यालले बताए।
बुढाथोकी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा कार्यरत थिए ।