रौतहटमा मदिरा सेवन गरेर छिमेकिको हत्या, आरोपी पक्राउ
९ मंसिर, रौतहट । रौतहटमा मदिरा सेवन गरेर छिमेकिलाई कुटपिट गर्दा ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
मापसे गरेर कुटपिट गरेर हत्यामा संलग्न रहेका दुई जनालाई घटनाको केही घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको वृन्दावन नगरपालिका ७ सखुअवा धमौरा का १९ वर्षयी विकास पासवानलगाएत अरु केही मानिसले सोमबार साँझ सोही स्थानका अमिरी पासवानलाई कुटपिट गरेका थिए ।
अत्याधिक मदिरा सेवनगरी विकास पासवानलगायतका समूहले घरतर्फ जाँदै गरेका सोही ठाँउका अमिरी पासवानलाई गालीगलौज तथा कुटपीटसँगै धकेल्दा ५० वर्षीय पासवानको टाउकोमा चोट लागेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका पासवानको तत्कालै एम्बुलेन्सबाट गरुडास्थि सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, अस्पतालमा उपचारका क्रममा गएराति करिब ८ः१५ बजेको समयमा पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रबी रावलले जानकारी दिए ।
उनकै बयानको आधारमा अर्का आरोपी ५५ वर्षीय बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उसको घरैबाट बिशेष सूचनाको आधारमा पक्राउ गरीएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले जानकारी दिए ।
अभियुक्त दवै जनामाथि ज्यान सम्बन्धी मुद्दा दर्तागरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको एसपी शाहले बताएका छन् ।