मोरङमा १२ बोर बन्दुकसहित एक पक्राउ

   ९ मंसिर २०७७, मंगलवार ११:१७  

९ मंसिर, रौतहट । मोरङबाट १२ बोर राइफलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मोरङका मिक्लाजुङ गाउँपालिका १ सिलिलिङका ५८ वर्षीय अमृतबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

बिना इजाजतको बन्दुक राखेको गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनलाई तीन थान खोका, पाँच सय ग्राम बारुदसहित फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ उत्तरी क्षेत्रमा चारकोसे झाँडी छ। झाँडीमा वन्यजन्तुको चोरी सिकारी हुने गरेको छ। सो कार्यमा अवैध हतियारको प्रयोग हुने गरेको समेत प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।