चितवनमा कोरोना संक्रमित पुरूषको मृत्यु
९ मंसिर, रौतहट । कोरोना संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मंगलबार बिहान मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० बूने ५२ वर्षीय पुरुष रहेका अस्पतालले जनाएको हो ।
यही मंसिर ४ गते उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा मंसिर ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण भएपछि, ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार भएरहेका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसंगै हालसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७ पुगेको छ ।