नेपालगन्जबाट १० लाख नगदसहित एक महिला पक्राउ
८ मंसिर, रौतहट । बाजुरा हिमाली गाउँपालिका ४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई १० लाख २८ हजार ७ सय नगदसहित ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सन्जाल फेसबुकमार्फत साथी बनाएकी ती महिलालाई विश्वास दिलाई आफूलाई ठूलो समस्या परेको, विदेश ब्राजिलमा रहेको परिवार गम्भीर बिरामी रहेको भनी तत्काल फिर्ता गर्ने भन्दै पटक पटक गरेर उक्त रकम ठगी गरेको अभियोगमा अनुसन्धान गर्दै जाँदा बाँकेको नेपालगन्जबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।