जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

   ८ मंसिर २०७७, सोमबार १३:१८  

८ मंसिर, रौतहट । बागलुङमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको जिप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जिपमा सामान लाद्ने क्रममा गुडेर जिप दुर्घटना भएको हो ।

उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जिप अचानक गुडेको थियो ।

चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।