‘म्युट भिडियो’ सेयर गर्न फिचर ल्याउँदै ह्वाट्सएप

   ८ मंसिर २०७७, सोमबार १२:५४  

८ मंसिर, रौतहट । म्यासेजिङ एप ह्वाट्सएपले चाँडैनै ‘म्युट भिडियो’ सेयर गर्न दिन सक्ने भएको छ । यो फिचरले प्रयोगकर्ताहरुलाई भिडियो सेयर गर्न भन्दा पहिले म्यूट गरेर पठाउन दिन्छ ।

यो फिचर अहिले निर्माण कै अवस्थामा रहेको छ । यो फिचर अरु एडिट गर्न मिल्ने फिचर सँगै नै हुनेछ । यसलाई भिडियो ट्रिम गर्ने, टेक्सट एड गर्ने, ईमोजी हाल्ने जस्ता विकल्प सँगै पाप्त हुनेछ ।

यो फिचर डब्लुएबेटाइन्फोले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन २.२०.२०७.२ भेटाएको थियो । यो एन्ड्रोइड प्रयोगकर्ताका लागी भनेर देखिए पनि आईओएस र वेब प्रयोगकर्ताले पनि पाउने अनुमान लगाइएको छ ।