४३ किलो गाँजासहित एक २३ वर्षीय युवक पक्राउ
८मंसिर, रौतहट । मकवानपुरमा ४३ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आइतबार राति करिब ९ः४५ बजेको समयमा कैलाश गाउँपालिका वडा नम्बर ७ बस्ने २३ वषीृय तीर्थराज चेपाङलाई गाँजासहित प्रहरीले पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले चेपाङलाई माहरी गाउँपालिका ८ सिम्पानीस्थित पूर्व पश्चिम लोकमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चेपाङको साथमा कालो झोला, जेब्रा झोला र प्लास्टिकका बोरा हेर्दा शंका लागेर चेक जाँच गर्दा ४३ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।