बाँकेमा थप २६ जना कोरोनामुक्त
द नेपाल मिडिया
८ मंसिर २०७७, सोमबार १०:५७
८ मङ्सिर, रौतहट । बाँकेमा थप २६ जनाले कोरोना संक्रमण जितेर डिष्चार्ज भएका छन् ।
बाँके जिल्लामा रहेका विभिन्न आइसोलेशनबाट १३ जना पुरुष र १३ जना महिला गरी थप २६ जना कोरोनामुक्त भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएको हो ।
यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ५ सय ३० पुगेको छ ।
हाल बाँकेका विभिन्न आसोलेसनमा १ सय ९५ जना छन ।
जस मध्ये बाहिरी जिल्लाका ५२ जना छन ।