नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि

   ७ मंसिर २०७७, आईतवार १६:४४  

७ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ८ हजार ३१२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । जसमध्ये हालसम्म देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या १९ हजार ९ सय ६३ रहेको डा. गौतमले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा थप ५ हजार ६ सय ९९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

त्यस्तै, बितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससंगै हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ३ सय २१ पुगेको डा. गौतमले बताए ।

आज थपिएका संक्रमितहरुमध्ये काठमाडौँ उपत्याकामा ९ सय ५७ जना रहेको डा गौतमले बताए ।