कोरोना खोपको मूल्य ३७ डलरसम्म पर्न सक्छः मोडेर्ना कम्पनी

   ७ मंसिर २०७७, आईतवार १५:५९  

७ मंसिर, रौतहट । कोरोना भाईरसबाट विश्व आतङ्कमा रहेको बेला यस विरुद्धको खोप निर्माण भईरहेको भन्नेबारे समाचारहरु धरै नै आए तर अझै संक्रमितहरुले कोरोना बिरुद्धको खोप भने लगाएर निको हुने सौभाग्य पाएका छैनन् ।

त्यस्तैमा अमेरिकी कम्पनी मोडेर्नाले पनि आफुहरुले कोरोना बिरुद्धको खोप निर्माण गरिरहेको बताएका छन् ।

यदि कोरोना विरुसद्धको खोप निर्माण भए यस्को मुल्य कति पर्ला ?

अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको मुल्य २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ ।

कोरोना विरुद्धको खेप निर्माणमा जुटेका कयौं कम्पनीहरुमध्ये मोडेर्ना कम्पनीका सीईओ स्टेफान बान्सेलले भने आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४.५ प्रतिशत प्रभावकारी भएको दाबी समेत गरेका छन् । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ ।