प्युठानमा भिरबाट लडेर एक युवकको मृत्यु

   ७ मंसिर २०७७, आईतवार १४:४६  

७ मंसिर, रौतहट । प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो प्युठान नगरपालिका ४ रप्ते पोखरी भन्ने ठाउँको भिरबाट लडेर सोही नगरपालिका २ क्वाडी का २० वर्षीय राहुल घर्तीको मृत्यु भएको हो ।

सोही नगरपालिका ४ झुलेनिबाट घरतर्फ फर्कने क्रममा भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।