मोटरसाइकल दुर्घटना हुँदा बारामा एक प्रहरी जवानको मृत्यु

   ७ मंसिर २०७७, आईतवार १४:३१  

७ मंसिर, रौतहट । मोटरसाइकल दुर्घटना हुँदा बारामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका १ का २७ वर्षीय राजकिशोर साहको दुर्घटनामा मृत्यु भएको हो ।

ना.६२.प.३६७ नम्बरको मोटरसाइकलले महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा साहको घटनटस्थलमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले सञ्जय प्रसाद यादवलाई घाइते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।