मोरङबाट पेस्तोलसहित एक जना पक्राउ

   ७ मंसिर २०७७, आईतवार १३:०९  

७ मंसिर, रौतहट । मोरङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पा रहेको हो ।

उनलाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको साथबाट १ थान म्याग्जिन पनि बरामद गरेको छ ।

शेर्पा ताप्लेजुङको फाम्बाङ्लुङ गाउँपालिकाका स्थानीय हुन् ।