कञ्चनपुरमा ट्याक्टर र मोटसाइकल ठोक्किदाँ एक जनाको मृत्यु, दुई जना गभ्मीर घाइते
७ मंसिर, रौतहट । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।
कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ, भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ, प्रवक्ता थापाले भने आमाको उपचारका लागि धनगढी ल्याउँदा मृत्यु भयो ।
दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राती नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो ।
प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।