जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु
७ मंसिर, रौतहट । जनस्वास्थ्य अधिकृतको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ ।
सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचारका क्रममा उनका मृत्यु भएको हो ।
उनमा दुई साताअघि नै कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताएका छन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर, क्लिनिकल्ली कोरोना डेथ भनिएको छ।