कोरोना संक्रमणबाट दाङका दुईजनाको मृत्यु

   ७ मंसिर २०७७, आईतवार १०:५०  

७ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण दाङमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ बनगाउँका ६७ वर्षीय पुरुषको अस्पतालले जनाएको हो ।

ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि, गत कार्तिक् २६ गते पीसीआर परीक्षण गराउँदा सोही दिन उनका कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसंगै उपचारका लागि कार्तिक २७ गते अस्पतालमा भर्ना गरिएको उनलाई उपचारका क्रममा शनिबार राति करिब ११ः५० बजे मृत्यु भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । तुलसीपुरका पुरुषमा यही मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।

उनका मंसिर ५ गते पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको शनिबार बिहान १ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए ।

उनमा मधुमेह र निमोनियाको समस्या थियो । दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २८ पुगेको छ ।