पोखरामा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु
४ मंसिर, रौतहट । पोखराको विभिन्न अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।
पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकरएकजनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।
पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार बिहान मृत्यु भएको उनमा कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा बिहीबार बिहान मृत्यु भएको हो ।
श्वासप्रश्वासकासाथै निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगबाट पीडित उनमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
उनमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।