कोरोना संक्रमणका काारण थप दुई जनाको मृत्यु
४ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा विराटनगरमा एक जना र धरानमा एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।
विराटनगरको नोवल मेडिकल कलेजमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ७७ वर्षीय वृद्धको मृत्यु भएको छ ।
उनलाई स्वास्थ्यमा समस्या भएपछि, विराटनगरस्थित नोवल मेडिकल कलेजमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि, श्वासप्रश्वासमा समस्या भएको कारण उपचारका क्रममा बिहीबार बिहान करिब ६ः३० बजेको समयमा मृत्यु भएको छ ।
यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, धरान उपमहानगरपालिका वडा नं. ११ की २९ वर्षीय महिला स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ३० गते वीपी प्रतिष्ठानमा भर्ना भएकी थिइन ।
उनको पनि उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रष्तिठानले जनाएको छ ।