मकवानपुरमा बलात्कारपछि, ढुंगाले हानेर ३ वर्षीया बालिकाको हत्या

   ४ मंसिर २०७७, बिहीबार १२:३५  

४ मंसिर, रौतहट । मकवानपुरमा बुधबार दिउँसो करिब ३ बजे देखि हराइरहेकी एक बालिकाको शव फेला परेको छ ।

वाग्मती गाउँपालिका–७ लामिटार निवासी शेरबहादुर पाख्रिनकी तीन वर्षीया छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

घरभन्दा केही पर खोल्सामा गम्भीर घाइते अवस्थामा बुधबार साँझ फेला पारिएको थियो । उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत्यु भइसकेका जानकारी दिएका थिए ।

बालिकाको विभत्स तरिकाले हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनको बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ । प्रहरीका अनुसार घटनास्थल नजिक उनको कट्टु फेला परेको थियो । शरीरभरि रगत रहेको लागेको र चोटहरू थिए । बलात्कारपछि ढुंगाले हानेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।