वीरगञ्जमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
४ मंसिर, रौतहट । पछिल्लो २४ घण्टामा बारा र पर्साका विभिन्न स्थानबाट संकलित ८८ जनाको स्वाब परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमितमध्ये पर्साका १२ जना र बाराका २ जना रहेको हो ।
वीरगञ्जमा ११ जना पुरुष र ३ जना महिला सहित १४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
उनीहरु २८ वर्षदेखी ६० वर्ष उमेर समुहका रहेका छन् ।
उनिहरुको सिटि भ्यालु १७ देखी ३० सम्म रहेको डाक्टर चौरसियाले बताए ।