बाँकेमा थप एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु

   ४ मंसिर २०७७, बिहीबार ११:३१  

४ मंसिर, रौतहट । बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका तुल्सिपूर उपमहानगरपालिका ६, दाङका ८१ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको हो ।

स्वास्थ्यमा समस्या भएपछि, गत कार्तिक २८ गते पीसीआर परीक्षण गराउँदा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएपछि, ती संक्रमित पुरुषलाई कार्तिक २८ गतेको नै साझ करिब ४ः०० बजेको करिबमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

तर, बिरामीको स्वास्थ्य अवस्था बिग्रिदै गए पछि, बिहिवार बिहान ३ः३० बजेको समयमा संक्रमीत पुरुषको मृत्यु भएको अस्पतालको श्रोतले पुष्टि गरेको छ

यो संगै बाहिरी जिल्लाबाट उपचारका लागी बाँकेमा आएर भर्ना भइ उपचार कै क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।