नाका खुलाउन जारी धर्नामा काग्रेंसको एक्यबद्धता

   ३ मंसिर २०७७, बुधबार १५:४३  

३ मंसिर, रौतहट । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना खुलाउन गौर भन्सार कार्यालय अगाडी धर्ना प्रर्दशन जारी रहेको छ ।

रौतहटको मुख्य नाका गौर भन्सार अगाडि बाट आवतजावत गर्न दिनु पर्ने र पहिलेकै अवश्थामा सिमा नाका सूचारु गर्नु पर्ने माँग गर्दै नागरीक समाजको अगुवाइमा जारी रहेको धर्ना कार्यक्रममा नेपाली काग्रेंसका नेताहरुले आज सहभागिता जनाएका छन ।
नेपाली कागें्रसका रौतहट सभापति तथा पूर्व सासंद कृष्णा यादव, जितेन्द्र यादव लगायतका नेता कार्यकर्ताले सो धर्ना कार्यक्रममा एक्यबद्धता जनाएका हुन । धर्नामा काग्रेंसका युवा नेता मोहन यादव, रामचन्द्र गिरी, सज्जन साह, नितेश गुप्ता लगायतका व्यक्तिहरु रहेका थिए ।

सिमा बन्द हुदा तिहार र छठका बेला आवश्यक पर्ने सामग्री खरिद गर्न दुवै देशका स्थानियलाइ मर्का परेको छ । चाडपर्वका बेला किनमेलका लागी भारतीय बजार सम्म जान नपाएको भन्दै आक्रोशित स्थानियले गौर भन्सार क्षेत्रमा विरोध प्रर्दशन गरे पछि नागरिक समाजको नेतृत्वमा कार्तिक २८ गते देखि धर्ना कार्यक्रम जारी रहेको छ ।

कोरोनाकै बहानामा लामो समय सम्म सिमाना बन्द गर्न नहुने स्थानियको माँग रहेको छ । “नेपाल भारतको सिमावर्ति क्षेत्रका स्थानियलाई ठूलो समस्या रहेको छ । तर सिमावर्ति क्षेत्रका स्थानियको कठिनाई सरकारले बुझ्न चाहेको छैन ।” नेपाली कागें्रस रौतहटका सभापति कृष्णा यादवले भने “ सरकारले स्थानियलाई दुख मात्रै दिएको छ । जनता कति पीडा र मारमा छन भन्ने कुराको सरकारलाई कुनै वास्ता छैन । सरकारले सिमा क्षेत्रको व्यापार, आर्थिक क्रियाकलाप समेत ठप्प बनाएको छ ।”

यसै गरी नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले सरकार चाडपर्वको बेला निषेधागा जारी गर्ने र सिमानाका बन्द राख्ने निर्णय गरेर अन्याय गरेको बताए । “तराई मधेशको महापर्वको रुपमा छठलाई मनाइन्छ तर यस्तो पर्वको बेला निषेधाज्ञा जारी गरेको छ ।” अध्यक्ष केशरीले भने “जब सम्म सिमानाका पहिलेकै अवश्थामा खोलिदैन हामी आन्दोलनका कार्यक्रम जारी राख्छौं ।”

बन्द रहेको नाका खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले पनि आवाज उठाइ रहेका छन । खासगरी चाडबाडका बेला किनमेलका लागी दुवै तर्फका स्थानियहरुको सिमावर्ति बजारमा भिडभाड हुन्थ्यो ।