जबरजस्ती करणी गरेको आरोपमा एक २४ वर्षीय युवक पक्राउ

   ३ मंसिर २०७७, बुधबार १५:३७  

३ मंसिर, रौतहट । चार महिनापछि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन १ गते साँझ २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक २४ वर्षीय युवकलाई पक्राउ गरीएको हो ।

ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणीको आरोपमा जहदा गाउँपालिका ५ निवासी २४ वर्षीय बिशाल सोनार ठाकुर रहेको प्रहरीले जनाएका छन् ।

करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका ७ मधुवनीबाट पक्राउ गरिएको छ ।

यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।