जिपको ठक्करबाट बाजुरामा एक १० वर्षीय बालकको मृत्यु

   ३ मंसिर २०७७, बुधबार १५:१०  

३ मंसिर, रौतहट । बाजुरामा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका १ मा जिपको ठक्करबाट एक १० वर्षीय बालकको मृत्यु भएको हो ।

आज बिहान करिब ९ः५० बजेको समयमा डोगडीबाट आउँदै गरेको सु प त०१ज १०२००३ नम्बरको जिपले ठक्कर दिदाँ बुढीगंगा नगरपालिका १ कुणीका रति लुहारका १० वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदनजित महराले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका बालकलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा र्पुयाइएको थियो । तर, उपचारका क्रममा नै बालकको मृत्यु भएको डीएसपी महराले बताए ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको महराले बताए ।