२५ बर्ष पछि गाँउमा बिजुली बत्ती बाल्न पाएपछि गाउले मख्ख
३ मंसिर रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं २ हिलेखोला र खरयानमा २५ बर्ष पछि विद्युत पुगेको छ । बस्ती बसेको २५ बर्ष पछि शुभ दिपावलीको अबसरमा गाउमा बिजुली बत्ती बाल्न पाएपछि हिलेखोला र खरयानबासी दंग छन ।
दन्द्धकालमा २०५२ सालमा स्थापना भएको सो गाउमा शनिबार देखी बिजुली झलमल्ल बल्न थालेको हो । गाउमा बिजुली बत्ती बाल्न पाएपछि खुशीको सिमा नरहेको स्थानिय जमानसिंह वाइवाले बताए । गाउमा विद्युत आउने कल्पना समेत नगरेको अबस्थामा पनि बिजुली बत्ती बाल्न पाउनु खुशीको कुरा भएको वाइवाले बताए ।
गाउमा बिजुली बत्ती बलेपछि गाउ नै झिलीमिली भएको अर्का स्थानिय नौमान जिम्बाले बताए । शुभ दिपावलीको अबसर पारेर गाउमा बिजुली बलेपछि गाउलेहरुको खुशीको सिमा नरहेको उनले बताए । जिम्बाले भने ,‘आफनो गाउको १ किलोमिटर वरपर २२ बर्ष देखी बिजुली बलिरहेको अबस्थामा आफनो गाउ अध्यारोमा बस्नु परेको थियो,अहिले बिजुली आएपछि खुशी नहुने त कुरै भएन नि’ ।
लामो प्रतिक्षा पछि गाउमा बिजुली बलेको अर्का स्थानिय मानध्वज थिङले बताएका छन । अब गाउमा नै मोबाइल चार्ज, टेलिभिजन हेर्न लगायतका सुबिधा उपयोग गर्न पाउने उनको तर्क छ । नत्र यस अघि मोबाइल चार्ज गर्न पनि १ घण्टा हिडेर अन्य गाउमा जानु पर्ने समस्या रहेको उनले बताए ।
रौतहट जिल्लाको उत्तरी भेग अर्थात चुरेमा रहेको उक्त गाउका सुकुम्बासीहरुकोे गाउ हो । सो गाउमा अधिकांश तमाङ जातीहरु बसोबास गदै आएका छन । चन्द्रपुर नगरपालिका वाड नंं २ को उक्त गाउमा १ सय ५० भन्दा बढी घरधुरी रहेको सो वाडका वाड अध्यक्ष दुत्त बहादुर थिङ –बुद्ध) ले जानकारी दिएका छन ।
अहिले तत्काल ८० घरधुरीमा विद्युत मिटर जडान गरेको र बाकी घरधुरीमा पनि चाडै नै मिटर जडान हुने वाड अध्यक्ष थिङले बताए । सो गाउमा खानेपानी र बाटोको ब्यबस्था भइसकेको र हर्दिया खोलामा झोलुगें पुलको निमार्ण कार्य भइरहेको उनले बताए । लामो समय देखी विद्युत बिहिन उक्त गाउमा नेकपाका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज युवराज भट्टराईको पहलमा भएको वाड अध्यक्ष थिङले बताए । नेकपाका रौतहट इन्चार्ज भट्टराई तत्तकालीन नेकपा माओवादीबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी हुन ।






