सिरहाबाट गाँजासहित एक युवक पक्राउ
३ मंसिर, रौतहट । भारततर्फ गाँजा लिएर जाँदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको वरियारपट्टी गाउँपालिका–१ वडहरीबाट एक युवक गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका ५ जिझौलका २७ वर्षीया पृथ्वीनारायण यादव रहेका प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।