रोल्पाकी संक्रमित वृद्धाको रुपन्देहीमा मृत्यु

   ३ मंसिर २०७७, बुधबार १४:१४  

३ मंसिर, रौतहट । रुपन्देहीमा कोरोना संक्रमणका कारण उपचाररत थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा रोल्पाकी ७७ वर्षीया वृद्धा महिला रहेकी अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका हुन् ।

यही कार्तिक, १६ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि, ती वृद्धा महिलालाई सोही दिन उपचारका लागि लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा आज बिहान करिब ११ः१० बजेको समयमा ती संक्रमितको मृत्यु भएको डा. गौतमले जनाए ।

उनीमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या समेत रहेको डा गौतमले बताए ।