रुपन्देहीमा कोरोना संक्रमणबाट थप पुरुषको मृत्यु
३ मंसिर, रौतहट । रुपन्देहीमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ बस्ने ४० वर्षीय पुरुष रहेका अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्था भएपछि यही कार्तिक २५ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण भएपछि कार्तिक २६ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरीएको थियो । उपचारका क्रममा नै आज बिहान करिब ८ः३० बजेको समयमा ती संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
कोरोना संक्रमणका कारण मृत्यु भएको पुरुषको समस्या उनका तौल १०१ केजीसमेत रहेको डा. गौतमले बताए ।