ओप्पोले ल्यायो एक्स २०२१ बेर्नमिल्ने डिस्प्ले भएको फोन
३ मंसिर, रौतहट । स्मार्टफोन कम्पनीहरु लगातार एकपछि अर्को परीक्षण गरिरहेका छन् । गएको वर्षको सुरुवातबाटै बजारमा फोल्डेबल डिस्प्ले भएका स्मार्टफोन आउन थालिसकेका छन् ।
यस्तैमा ओप्पोले पनि रोलेबल अर्थात बेर्नमिल्ने डिस्प्ले भएको कन्सेप्ट फोन ओप्पो एक्स २०२१ ल्याएको छ ।
यो रोलेबल डिस्प्ले भएको विश्वकै पहिलो फोन हो र एउटा टचबाट नै यसको डिस्प्लेको आकार बदल्न सकिन्छ ।
चिनियाँ प्रविधि कम्पनी इन्नो डे २०२० कार्यक्रमको दौरान ओप्पो एक्स २०२१ सार्वजनिक भएको हो । यसमा युनिक एक्सटेन्ड गर्न सकिने स्क्रिन दिइएको छ ।
यसको अर्थ यो फोनको डिस्प्लेलाई सानो वा ठूलो पार्न सकिन्छ । कम्पनीको रोलेबल कन्सेप्ट प्रविधियुक्त यो डिभाइसको डिस्प्लेको आकार ६.७ इन्चबाट बढाएर ७.४ इञ्चसम्म पुर्याउन सकिन्छ
डिस्प्ले बीच भागबाट नमोडिने भएकाले कम्पनीले यो फोन टिकाउ समेत हुने बताएको छ । साथै फोल्डेबल फोनमा जस्तो डिस्प्लेमा कुनै क्रिज समेत हुँदैन ।
ओप्पो एक्स २०२१ मा कम्पनीले ओएलईडी प्यानल राखेको छ । यसलाई ६.८ एमएम रोल मिटरको सहयोगमा सानो वा ठूलो पार्न सकिन्छ ।
कम्पनीले यो कन्सेप्टका लागि कुल १२२ पेटेन्ट दर्ता गरेको थियो । जसमध्ये १२ वटाको प्रयोग केवल स्क्रोल संयन्त्र बनाउनका लागि मात्र प्रयोग गरिएको छ ।
ओप्पोले यो डिभाइसको बलियोपनमा निकै ध्यान दिएको छ । रोलेबल डिस्प्लेको पछाडि सोलिड सपोर्ट स्ट्रक्चर दिइएको छ ।
कम्पनीले एक विशेष टु ईन वान डिजाइन गरेको छ, जसले डिस्प्लेलाई सानो वा ठूलो पार्न सपोर्ट गर्दछ ।
ओप्पोका प्रमुख फाइभजी वैज्ञानिक हेनरी टैंङले फोल्डेबल प्रविधिको तुलनामा रोलेबल डिस्प्ले बढी सहज रुपमा आत्मसाथ गर्न सकिने बताएका छन् ।
किन भने विभिन्न आवश्यकता अनुसार डिस्प्लेको आकार सहजै बदल्न सकिन्छ । कम्पनीले अतिरिक्त सुरक्षाका लागि कस्टम मेड लेमिनेसन समेत डिस्प्लेमा थप गरेको छ ।
यसले र्याप ट्र्याक ०.१ एमएम लेमिनेट रोल हुँदाको समयमा डिस्प्लेलाई सुरक्षा प्रदान गर्दछ । यद्यपी यो कन्सेप्ट फोनको विस्तृत विवरण तथा स्पेसिफिकेसन भने उपलब्ध गराइएको छैन ।