पछिल्लो २४ घण्टामा ३ हजार पिसिआर गर्दा ५ सय २ जनामा कोरोना पुष्टि

   २ मंसिर २०७७, मंगलवार १६:४०  

२ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ रहेको छ ।

हाल देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या ३० हजार ९ सय ८६ रहेको छ ।

यस्तै, विगत २४ घण्टामा थप २ हजार ८ सय ७८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंग हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ, भने हालसम्म कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय ४७ पुगेको छ ।