धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु
द नेपाल मिडिया
२ मंसिर २०७७, मंगलवार १४:५८
२ मंसिर, रौतहट । धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा मोरङ जिल्लाका मिक्लाजुङकी ७५ वर्षीया वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यही कार्तिक २८ गते स्वास्थ्यमा समस्या भएपछि, उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरीएको थियो ।
अस्पतालमा भर्ना गरेकै दिन स्वाब संकलन गरी पीसीआर परीक्षण गदाउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको ती संक्रमित वृद्धको आइतबार साँझ ७ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।