रुपन्देहीमा एक २२ वर्षीया युवतीले विष खाएर गरिन्, आत्महत्या
२ मंसिर, रौतहट । रुपन्देहीमा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् ।
मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका १ दुबियामा एक २२ वर्षीया मनिता यादवले सल्फास नामक विषादी सेवन गरेर आत्महत्या गरेकी हुन् ।
यही कार्तिक ३० गते विष सेवन गरेकी युवतीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।
यादवको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डीएसपी खत्रीले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।