मोटरसाइकल दुर्घटना हुँदा एक २५ वर्षीय पुरुषको मृत्यु
द नेपाल मिडिया
२ मंसिर २०७७, मंगलवार १३:०५
२ मंसिर, रौतहट । सर्लाही जिल्लाको बरहथवा नगरपालिका २ पन्चेमन्दिरमा सोमबार राति मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका २ पन्चेमन्दिरस्थान नै घर भएका २५ वर्षीय सुनिल कुशुवरको मृत्यु भएको हो ।
पन्चेमन्दिरको भित्री सडकखण्डमा बन्दै गरेको हुदाँ ठेकेदार सुरेश कार्कीको ट्याक्टरको टेलरले बाटो छेकेर राखेको ट्याक्टरमा बा ३५ प ३०२७ नम्बरको मोटरसाइकलमा सवार कुशुवरको ठोक्दिाँ दुर्घटना भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका कुशुवरको एड्भान्स सञ्जीवनी अस्पताल बरशथवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको कुँवरले बताए ।