गोरखा अस्पतालमा कोरोनाका कारण ८३ वर्षीय वृद्धले ज्यान गुमाए

   २ मंसिर २०७७, मंगलवार १२:३७  

२ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण गोरखा अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा पालुङटार नगरपालिका ७ च्याङ्लीका ८३ वर्षीय पुरुष रहेका अस्पतालले जनाएका हुन् ।

यही कार्तिक २७ गते फोक्सोको क्यान्सरका पीडित ती पुरुष भर्ना भएका थिए । अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

उपचारका क्रममा आज बिहान ती संक्रमित पुरुषको मृत्यु भएको ढकालले बताए ।