१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

   २ मंसिर २०७७, मंगलवार १२:१९  

२ मंसिर, रौतहट । काठमाडौँको चन्द्रागिरिमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाँउपालिका २ घर भई सोही ठाउँ बस्ने सुरेश लोहार हुन् ।

चन्द्रगिरि नगरपालिका २ बसुण्डोलकी एक १४ वर्षीया बालिकालाई सोमबार साँझ ६ः३० बजेको समयमा बलात्कार गरेको आरोपमा २३ वर्षीय युवकलाई पक्राउ गरिएको छ ।

घटना भएको केही समयमै युवकलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित टहरा घरमा जबरजस्ती करणी गरेका थिए ।

उनीहरू छिमेकी नै रहेका छन् । उनीमाथि थप अनुसन्धान अघि बढाएको श्रेष्ठले जनाए ।