कोरोना संक्रमणबाट एक ६३ वर्षीय पुरुषको मृत्यु
२ मंसिर, रौतहट । भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट वडा नं. १२ बस्ने ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि अस्पताल भर्ना हुदाँ यही कार्तिक २६ गते पीसीआर रीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान करिब ५ बजेको समयमा ती संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।
हृदयघातपछिको उपचारका लागि तयारी गर्दैगर्दा उनको मृत्यु भएको समेत डा. पोख्रेलको बताए ।