पूर्वी नवलपरासीबाट २ लाख ५ हजार नगदसहित १६ जुवाडे पक्राउ
२ मंसिर, रौतहट । पूर्वी नवलपरासीको विभिन्न स्थानबाट १६ जना जुवाडलाई २ लाख ५ हजार नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका ८ स्थित एक घरमा तास खेल्दैँ गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गैँडाकोटबाट ११ जना जुवाडेसहित उनीहरुबाट १ लाख २४ हजार ४ सय ४९ रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएका छन् ।
यस्तै, कावासोतीबाट ८० हजार नगदसहित ५ जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।
कावासोती नगरपालिका वडा नम्बर–५ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गए राति ५ जना पक्राउ परेका हुन् ।