पर्सामा कोरोनाका कारण ६५ वर्षीया महिलाको मृत्यु

   २ मंसिर २०७७, मंगलवार ११:००  

२ मैसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पर्सामा एक महिलाको र्मत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १५ बस्ने ६५ वर्षीया महिला रहेका अस्पतालले जनाएको हो ।

ढाड दुख्ने र श्वास प्रश्वासमा समस्या भएपछि,उनलाई यही कार्तिक ३० गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोनाको आशंकामा भएपछि पीसीआर परीक्षण गर्दा उनका कोरोना कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि ती महिलालाई आइतबार राति नै बाबा होटलमा सञ्चालित कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार गर्ने क्रममै उनको सोमबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

योसँगै पर्सामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।