गौरमा एक पुरुषको शव फेला
द नेपाल मिडिया
१ मंसिर २०७७, सोमबार १३:५२
१ मंसिर, रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका माईस्थान चौक नजिक एक पुरुषको शव फेला परेको छ ।
गौर नगरपालिका–१ मा सोमबार बिहान करिब ११ बजेको समयमा अन्दाजी ४० वर्षीय पुरुषको शव मृत भेटिएको हो ।
मृत फेला परेका पुरुषको साथबाट एउटा झोलासमेत फेला परेको छ, स्थानियका अनुसार झोला मृतक पुरुषको नै रहेको जनाएका छन् ।
तर, मृतकको पहिचान खुल्नसकेको छैन् ।
स्थानियले शव देखे पछि नेपाल प्रहरीलाई बुभाएका छन् । यसबारे थप जानकारी आउन बाकीँ नै रहेको छ ।