सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
१ मंसिर, रौतहट । सुर्खेतमा थप एक उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ११ बस्ने ६२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको हो । उपचारको क्रममा आज बिहान ५ः५५ बजे प्रदेश अस्पतालमा मृत्यु भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका १ स्थायी ठेगाना भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि, यही कात्तिक २६ गते अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा सोही दिन पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरी उपचार थालिएको मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णालीले जनाएको छ ।